समाचार

    Showing 9,181-9,190 of 23,626 items.
  • काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

    काठमाडौं –  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 479 पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवसमा भक्तपुरमा ५०० भन्दा बढीको छिकोङ प्रदर्शन

    भक्तपुर— अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले एक भव्य छिकोङ शारीरिक व्यायाम प्रदर्शन सम्पन्न गरेको छ। भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित भाजु पोखरीमा आयोजित सो कार्यक्रममा नगरपालिकाका १० वटै वडाका ५०० भन्दा बढी प्रशिक्षार्थीहरुले सामूहिक रूपमा छिकोङ अभ्यास गरेका हुन्।कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल रहेका थिए। सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक रहेको उल्लेख गर्दै युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न र राष्ट्र निर्माणमा अग्रसर हुन आग्रह गरे।नगर प्रमुख सुनिल प्रजापतिले नगरबासीको स्वास्थ्य सुध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 632 पटक पढिएको
  • माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुदैँ

    काठमाडौं –  म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 390 पटक पढिएको
  • तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

    काठमाडौं –  काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक त्यसतर्फ प्रस्थान गरेको छन् ।अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ । खड्गी र विडारी काठमाडौं जिल्ला तेक्वान्दो संघका क्रमशः अध्यक्ष र उपाध्यक्ष हुन् । खड्गी तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारीमा पनि छन् ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंक

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 323 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

    हेटौँडा –  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।यसका लागि सभामुख भुवन कुमार पाठकले आज अपरान्ह ४ बजे प्रदेश सभा बै

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 373 पटक पढिएको
  • पुटिन १० वर्षपछि अमेरिका जाँदै, ट्रम्पसँगको बैठकमा युक्रेन संकट मुख्य एजेण्डा

    काठमाडौं— आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।बैठकको मुख्य एज

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 687 पटक पढिएको
  • पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

    काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 815 पटक पढिएको
  • अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ

    काठमाडौं –   युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् ।  नेपाल न्यूज बैंकसँग युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए ।उनले भने, ‘नेपाली युवाहरुमा जुन भाष्य छ, यहाँ केही पनि सम्भव छैन, यहाँ केही भएको छैन । विपल्प भनेको बिदेश जाने हो, यहाँ कसैले पनि केही गर्न सकेन भन्ने खालको गलत भाष्य निर्माण भएको छ । त्यो भाष्यमा सबै युवाहरुको मनोविज्ञान त्यतैतिर केन्द्रित छ । केही भएको छैनबाट सुरु

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 300 पटक पढिएको
  • घुस दिएर लाइसेन्स लिनेको बिचल्ली

    काठमाडौं— सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो । मोटो रकम दिएर लाइसेन्स लिएकाहरूको लाइसेन्स नवीकरण नहुँदा उनीहरूको पेसा पनि सकिएको छ । 

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 487 पटक पढिएको
  • आज दिनको १ बजे प्रतिनिधि सभाको बैठक बस्दैँ

    काठमाडौं –  संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मंगलबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।साथै, सभामुखले नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 285 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.