पर्सा— सरकारी प्रोत्साहनसहित महिलाहरूको घरेलु उद्योगतर्फको आकर्षण बढिरहेको छ। घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार, गत आर्थिक वर्षमा पर्सा जिल्लामा महिला स्वामित्वमा ३६३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार सो अवधिमा कूल ९६३ उद्योग दर्ता भएका थिए, जसमा ६३५ पुरुष र ३६३ महिला उद्यमी थिए।
“पहिले महिलाहरू आफ्नै नाममा उद्योग खोल्न हिच्किचाउँथे, तर अहिले ३५ प्रतिशत छुटको सरकारी सुविधा र महिलाहरूको सक्रियता बढेसँगै उद्यम दर्ता गर्ने संख्या उल्लेख्य रूपमा बढेको छ,” प्रमुख पञ्जीयारले बताए।
उनका अनुसार, पछिल्लो वर्ष दर्ता भएका उद्योगहरूले १,७३७ पुरुष र १,१६१ महिलालाई रोजगारी प्रदान गरेका छन्।
पञ्जीयारले तराई–मधेस जस्तो क्षेत्रमै पनि महिलाहरू नेतृत्वमा उद्योग स्थापना गर्ने प्रवृत्तिमा सकारात्मक परिवर्तन आएको उल्लेख गरे।