कैलाली— कैलालीको गोदावरी नगरपालिका–४, अत्तरियास्थित एक होटलमा चक्कु प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ निवासी ३२ वर्षीय गौरव ऐरमाथि आइतबार राति अत्तरियाको शुभम् होटलमा खाना खाइरहेका बेला चक्कु प्रहार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार ४–५ जनाको समूहमा आएका व्यक्तिहरूले अचानक आक्रमण गरेका थिए। गम्भीर घाइते भएका ऐरलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि भारत पठाइएको छ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ।