काठमाडौं— ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुनेछ ।
त्यस्तै सुपर सिक्सको अर्को खेल आज युएई र ओमानबीच पनि हुदैछ । सो खेल दिउसो ४:१५ बजेदेखि हुनेछ ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो ।
नेपालले बुधबार ओमानसँग र शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको १५ सदस्यीय टोलीमा दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।