समाचार

    Showing 7,991-8,000 of 25,627 items.
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा

    काठमाडौँ। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको छ । सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले रु एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको थियो ।   त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी रु ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो । यही मङ्सिर ३ गते अर्थमन्त्र

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 332 पटक पढिएको
  • एनपीएलः आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।दुई/दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। ह

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 511 पटक पढिएको
  • बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

    ढोरपाटन। आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए । १०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताए । राष्ट्रिय परिचयपत्र

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 277 पटक पढिएको
  • छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ। काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 222 पटक पढिएको
  • चितवनबाट फरार बन्दी झापामा पक्राउ

    झापा— जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए। प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ। चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए। पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ। 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 447 पटक पढिएको
  • कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

     काठमाडौं— उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवस

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 428 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औँ बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।बैठकमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 436 पटक पढिएको
  • शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द

    काठमाडौं— कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ । कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 505 पटक पढिएको
  • आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 386 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जानएको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ र कोशी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।राती कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.