समाचार

    Showing 7,701-7,710 of 19,565 items.
  • टिकटकमा ‘लाइभ’ बस्दा ...

    म्याग्दी । बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन् ।उनले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेकी हुन् ।‘सामाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन् ‘टिकटकको सहायताले मासिक रु. तीन देखि चार लाख मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु ।’‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरूले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका ब्यापारीलाई बिक्री गर्न सजिलो भएको

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 317 पटक पढिएको
  • रबि लामिछाने शुक्रबार काठमाडौँस्थित निवासबाट पक्राउ

    काठमाण्डौ  । उच्चअदालत बुटवालबाट थूनामा राख्न आदेश भएपछी रबी लामिछाने बस्ने बुढ़ानीलकण्ठ स्थित सीजी हिल्सबाट सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। बुटवल उच्च अदालतले उनलाई आजै  थुनामा पठाउने आदेश गरेको थियो ।सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट प

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 346 पटक पढिएको
  • प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्दै

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले जनकपुरधाममा तीनवटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टि शौचालय निर्माण हुनेछन् । ‘जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 262 पटक पढिएको
  • पश्चिम नेपाल जाजरकोटमा भूकम्प

    काठमाण्डौ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे ।दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 226 पटक पढिएको
  • सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

    काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०÷८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 226 पटक पढिएको
  • मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

    मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा  श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 307 पटक पढिएको
  • रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

    तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब रु एक हजार ७०० कमाउँछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छन् ।कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्थिन् । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन् । सहकारीको जागिर छाडेर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 381 पटक पढिएको
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 226 पटक पढिएको
  • म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

    म्याग्दी । यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । ‘म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।’म्याग्दीक

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 199 पटक पढिएको
  • कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरू...

    वीरगञ्ज (पर्सा) । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरूको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरू सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् । सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरू काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 147 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा