समाचार

    Showing 7,661-7,670 of 25,627 items.
  • एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

    काठमाडौं— १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 490 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 435 पटक पढिएको
  • आज ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै

    काठमाडौं—  प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्ष मनाइँने ३८औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्न नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआईभी÷एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको छ।यो दिवसले चुनौतीबीच पनि संक्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ ।यस वर्षको नाराले एचआईभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई अवसरमा

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 563 पटक पढिएको
  • ६ दिन पछि परिवारको सम्पर्कमा आए धनगढीबाट हराएका बाजुराका बालक

    बाजुरा— धनगढीबाट वेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन्। अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए ।कोठाबाट निस्किएको दिनदेखि वेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए ।उनका अनुसार वेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारेको जानकारी दिए।डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सहि सलामत उनी फेला परेका हुन् । वेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई आफन्तले धन्यवाद दिएका छन्।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 487 पटक पढिएको
  • पूर्वी नाकाबाट चार महिनामा १६ अर्बको आयात, आठ अर्बको निर्यात

    झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार रुपैयाँ बरा

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 260 पटक पढिएको
  • ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

    म्याग्दी। म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए ।प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 254 पटक पढिएको
  • ४ किलो लागूऔषध गाजा सहित तामाङ पक्राउ

    रौतहट— रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो ।आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 468 पटक पढिएको
  • सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

    ढोरपाटन (बागलुङ)। तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ । उक्त म्य

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 294 पटक पढिएको
  • दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार

    झापा। मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आउनुभएको थियो । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गर्नुभएको हो ।संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिएको बताउनुभयो । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उहाँले जानकार

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 257 पटक पढिएको
  • नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

    काठमाडौँ। नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 237 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.