समाचार

    Showing 7,551-7,560 of 25,626 items.
  • विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रद

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 460 पटक पढिएको
  • गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

    काठमाडौं— रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 447 पटक पढिएको
  • अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः ह्वीलचेयरमा पनि सपना

    काठमाडौं— अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा देखिएका दृश्यहरूले अपाङ्गता भएका व्यक्तिहरूको वास्तविकता फेरि एकपटक समाजको अगाडि ल्याएको छ। कोही ह्वीलचेयरमा बसेर सडकको धुलो–धुवासँग जुझिरहेका छन् भने कोही गरिबी, रोजगारीको अभाव र अवसर नपाइने वातावरणका कारण सडकमै माग्दै बाँच्न बाध्य छन्।यी दृश्यहरूले अपाङ्गता केवल व्यक्तिगत कठिनाइ मात्र नभई समाजले अझै समाधान गर्न बाँकी राखेको संरचनागत समस्या भएको स्पष्ट संकेत गर्छ। पहुँचयोग्य पूर्वाधारको कमी, शिक्षा–रोजगारीमा अवसर अभाव, र सामाजिक दृष्टिकोणमा रहेका पूर्वाग्रहहरू उनीहरूको जीवनयात्रालाई अझ कठिन बनाइरहेका छन्।विशेषज्ञहरूका

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 491 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । यसका लागि बोर्डले मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।यसअघि बुक बिल्डिङ विधिबाट कम्पनीले आईपीओ जारी गर्ने अनुमतिमा विवाद आउनपछि बोर्डले प्रक्रिया रोक्ने निर्णय गरेको थियो । २०८० सालको विघटित प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आईपीओ प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । तर, पाटन उच्च अदालतले त्यसपछि प्रक्रिया अघि बढाउन आदेश दिएको थियो, र हाल बोर्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 491 पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने

    सर्लाही— पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ । लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो ।कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६ हजार २७ वटा रुख काटिने छन् । सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ । सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रह

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 415 पटक पढिएको
  • मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

    सर्लाही— मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो ।मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ । त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ । यसैगरी, चैत्रे धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 459 पटक पढिएको
  • मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन् ।मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज  विश्वासको मत लिने जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 473 पटक पढिएको
  • बडीमालिका नगरपालिकाले मनायो स्थापना दिवस, स्थानीय परम्परा, कला, संस्कृतिलाई जोड

    बाजुरा— स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडीमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।स्थानीय कला,संस्कृति,परम्परालाई पहिचान,उजागर तथा संरक्षण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको नगर स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको हो । नगर स्थापना दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय कला, संस्कृति, भेषभूषा, परम्परागत नृत्य आदिको झल्को दिने प्रस्तुतिहरुलाई प्राथमिकता दिँदै दिवस मनाइएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार,सदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक परम्परा

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 534 पटक पढिएको
  • मुगु गाउँको सुनसान अवस्थाः चिसोले गर्दा स्थानियवासीहरू पलायन

    मुगु— हिमाली जिल्लाको मुगु जिल्लामा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ मा पर्ने मुगु गाउँ चिसोको कारणले सुनसान बनेको छ । अत्यधिक जाडो र हावासँगै चिसोको स्तर हदभन्दा बढी बढ्दा यहाँका १२० घरपरिवारका मानिसहरू गाउँ छोडेर पलायन भएका छन् ।समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँमा हरेक वर्षको मंसिर महिनामा चिसोको मात्रा अत्यधिक बढ्ने गर्दछ । चिसोबाट बच्नका लागि यहाँका स्थानीयवासीहरू प्रत्येक वर्ष गाउँ छोड्ने गर्छन । यस वर्ष पनि गाउँ छोड्ने परम्परा जारी राख्दै, स्थानीयवासीहरू सिरानी चौर, पुलु, र गमगढी जस्ता स्थानहरूमा सुरक्षित स्थानमा सर्ने गरेका छन् ।गाउँमा रहेका नाक्चेलाग्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 454 पटक पढिएको
  • मन्थली नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस

    रामेछाप— मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मको उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य र आगामी वर्षहरूको स्पष्ट कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनका अनुसार पूर्वाधार निर्माण, उज्यालो सहर कार्यक्रम, विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा अगाडि बढाइएका परियोजनाहरू, सरसफाइ तथा फोहोर व्य

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 424 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.