समाचार

    Showing 7,551-7,560 of 19,565 items.
  • ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा

     काठमाडौं— पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२  स्थित मनहरा टाउन प्लानिङमा काठमाडौंको बौद्ध घर भएका ४२ वर्षीय रितेश लामालाई लुटपाट गरेका थियो । लुटमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी  दिए । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रो (पेप्सीकोला नजिकै) घर भएर तार्केश्वर बस्ने २३ वर्षीय राज पराजुली, रामेछापको खाँडादेवी–४ घर भएका २३ वर्षीय प्रभास केसी, खाँडादेवी–८ घर भएर गोठाटार बस्ने २० वर्षीय राजेश भण्डारी, खाँडादेवी–४

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 282 पटक पढिएको
  • बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु

    काठमाडौं— भक्तपुरको बिस्का जात्रामा भैलखः अर्थात् रथले किचेर एक जना मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय सुशील तमखु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएको र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएको प्रहरीको भनाइ छ।जात्राको चौथौ दिन ५५ हात लामो योसिद्यो उभ्याएर जात्रा गरिन्छ। 

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 144 पटक पढिएको
  • आजदेखि नयाँ वर्ष २०८२, देशभर शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

    काठमाण्डौ  । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ।विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 245 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९९ रुपैय

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 301 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  आज देशको कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको भइ रहेको छ।दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 274 पटक पढिएको
  • रवि लामिछानेको अदालतमा दायर भएको रिट निवेदन सुनुुवाई सकियो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ ।  आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो । मुद्दामा आदेश आइतबार (आज) नै आउने बताइएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।उक्त आदेशपछि उनलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 171 पटक पढिएको
  • वीरगञ्जको निषेधाज्ञा (कर्फ्यु) को समय लम्बियो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 230 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा विभिन्न जिल्लाका १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्। उनले आइतबार १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरेका हुन्।प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 161 पटक पढिएको
  • समाजवादी प्रेस सङ्गठनद्वारा स्व. पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग गर्यो

    काठमाडौं— समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ।सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले शनिबार उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो। यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उनको निधन भएको थियो।त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताए।“भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ। यो प्

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 125 पटक पढिएको
  • सहकारी पीडितः आन्दोलनले आवागमन अस्तव्यस्त भयो रत्नपार्क क्षेत्र

    काठमाडौं— सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । कार्यालय समयमै र्‍याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।“अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्‍याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,” गिरिले भने । 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा