समाचार

    Showing 7,451-7,460 of 25,626 items.
  • आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 253 पटक पढिएको
  • बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते

    बाजुरा । बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए  ।टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 279 पटक पढिएको
  • सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ

    सर्लाही । सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 253 पटक पढिएको
  • स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ : उपप्रमुख डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पु¥याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् ।स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी  हुन् ।‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गह

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 252 पटक पढिएको
  • एनपीएल–२ः जनकपुरले दियो लुम्बिनीलाई १३३ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 222 पटक पढिएको
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

    जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रम

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 219 पटक पढिएको
  • ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 227 पटक पढिएको
  • सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता

    काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०८२ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “सवारी चालक र ट्राफिक प्रहरी एकअर्काप्रति सकारात्मक हुनुपर्छ । तपाईंहरु सकारात्मक भए सवारी सञ्चालनमा सहज हुन्छ । सवारी चालकले ट्राफिक प्र

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 367 पटक पढिएको
  • जबर्जस्तीकरणी मुद्दामा १५ वर्ष सजाय तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

    स्याङ्जा— जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 268 पटक पढिएको
  • कैलालीका सिमानाकाबाट नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाइ

    कैलाली— भारतसँग जोडिएका विभिन्न सिमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको आवागमनमा हाल कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सीमावर्ती नाकामा सुरक्षा निकायलाई थप सतर्कतासहित चेकजाँच गर्न निर्देशन दिएको हो।सीमाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्ने सम्भावना देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । शङ्कास्पद व्यक्तिलाई देखेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरिएको छ।प्रशासनले अपरिचित व्यक्तिलाई घर वा समुदायमा बसोबास गराउने, कामकाजमा लगाउने वा अन

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.