समाचार

    Showing 7,381-7,390 of 19,565 items.
  • झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेतद्वारा आत्महत्या

    काठमाडौं— झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले आत्महत्या गरेका छन । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।उनी सयपत्री ट्रेड लिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्र

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 492 पटक पढिएको
  • माधव नेपाल अस्पताल भर्ना, एन्जिओप्लास्टी सर्जरी गरियो

    काठमाडौं—  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पूर्वप्रधानमन्त्री नेपालको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको जनाइएको छ ।एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 380 पटक पढिएको
  • आईजीपी थापा र अमेरिकी राजदूतबीच भेटवार्ता, के–के विषयमा भए त सहकार्य ?

    काठमाडौं— नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसनबीच भेटवार्ता भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।शिष्टाचार भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ ।नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 180 पटक पढिएको
  • शान्तिपूर्ण कि विस्फोटक? यस्तो छ राजावादीहरूको अनिश्चितकालीन आन्दोलनको पूरा खाका

    काठमाडौं — संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र 'पूर्णरूपमा असफल' भएको दाबी गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने धमाकेदार घोषणा गरेका छन्।राजावादी आन्दोलन सुस्त बन्दै गएको चर्चा भइरहँदा, उनीहरूले फेरि चर्को शैलीमा आन्दोलन अघि बढाउने बताएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संविधानद्वारा प्राप्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तर सशक्त सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।सुवेदीका अनुसार, "गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको चाहनाविपरीत जबर्जस्ती थोपिएको हो। अब व्

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 300 पटक पढिएको
  • आज ७३औँ कानुन दिवस मनाइँदै

    काठमाडौं— आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको ह

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 177 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।दिउसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 334 पटक पढिएको
  • माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन, १ महिना १० दिन भइसक्दा पनि सरकारको प्रतिक्रिया नआएको गुनासो

    काठमाडौं— ऋणबाट मुक्त हुने आशामा २०८१ चैत १७ गतेदेखि निरन्तर सडक प्रदर्शनमा होमिएका लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका उनीहरुलाई १ महिना १० दिनमा पनि माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।गत चैत १७ गते गतेदेखि सडक आन्दोलनमा होमिए पनि सरकारले पहिला गरेका सम्झौता पुरा नगरेको भन्दै बिहीबार उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि भएका थिए ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 389 पटक पढिएको
  • जेठ १५ गतेबाट राजावादीले अनिश्चितकालीन जनआन्दोलन गर्ने

    काठमाडौं— राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेको हो ।राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको बताए । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत् भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका द

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 308 पटक पढिएको
  • प्रधानमन्त्रीको अनुहार हँसिलो देखिन्छ, तर भित्रको व्यथा रित्तो पेट र चिसो जेल,जसले तपाईलाई भावुक बनाउनेछ

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मृगौला (किड्नी) फेल हुनुको वास्तविक कारण सामान्य लापरवाही नभई कठोर जेल जीवन र अत्यधिक पेनकिलर प्रयोग भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलोपटक सार्वजनिक रूपमा यसबारे स्पष्ट पारेका हुन्।ओलीका अनुसार उनको किड्नी बिग्रनु लापरवाहीका कारण थिएन। "डेढ महिना सुत्न मात्र राखियो, खाना दिइएन," उनले पीडा पोख्दै भने। चिसो गोलघरभित्र तल्लो भागबाट पानी आउँथ्यो, जसले स्वास्थ्य झन् बिग्रँदै गयो।जेलमा उनलाई नेलहतकडी लगाइन्थ्यो, जसले गर्दा शरीरमा घाउ भएर पनि उपचार नपाएको उनले खुलाए। “धन्न फलामको नेलबाट टिटानस भएन,” भन्दै उनले पीडाको गहिरो स्मरण गर

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 230 पटक पढिएको
  • गोर्खा सैनिकलाई भारत - पाकिस्तान युद्धको अग्र पङ्तिमा नराख्न सासंद तामाङ को आग्रह

    काठमाडौँ —  प्रतिनिधिसभामा सांसद मिना तामाङले चर्को चेतावनी दिएकी छिन् – “भारत र नेपालबीच कुनै पनि सैन्य संघर्ष भए गोर्खा सैनिकलाई पहिलो पंक्तिमा प्रयोग नगरियोस्!”बिहीबार संसदको शून्य समयमा बोल्दै तामाङले नेपाल सरकारलाई तत्काल भारतसँग गम्भीर संवाद र कूटनीतिक पहल गर्न आग्रह गरिन्। उनका अनुसार नेपाली नागरिक, विशेषगरी गोर्खा सैनिक, भारत–पाकिस्तान संघर्षको सिधा शिकार बन्ने जोखिममा छन्।“कश्मीर क्षेत्रमा भएको सांघातिक आक्रमणले मानवीय क्षति भएको छ। यस्ता घटनाले भारतमा रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्छन्,” तामाङले भनिन्, “त्यसैले उनीहरूको सुरक्षा र उद्धार सुनिश्चित गर्नुपर्ने बेला आएको

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 220 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा