काठमाडौं— नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैं झै भीडभाड नै थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) सदाझैं ड्युटीमा खटिएका थिए उनी, पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त नै थिए। सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर आफ्नो काममा खटिइरहेका थिए।तर त्यो दिन भने फरक भयो।एक्कासी आएको चर्को आदेशात्मक आवाज । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। उनको अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पन
काठमाडौं। सोलुखुम्बुको छेक्साम केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको जनाइएको छ। भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
काठमाडौँ । सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ।सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेल गर्न डिआइजीहरूलाई मौका दिएको हो। वरीयताअनुसार एआईजी बढुवा भए बढुवा हुने अधिकारी नै अबको तीन वर्षपछि नेतृत्वमा पुग्नेछन्। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ। अरू दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। गौतमको अवकाशपछि एआईजी बढुवाका आवेदन माग गर्दै सूचना समेत जारी भ
काठमाडौं— मुलुकका विश्वविद्यालयहरूसँग रहेको करिब एक हजार ४७९ हेक्टर अर्थात् १ करोड ४७ लाख ८९ हजार वर्गमिटर जग्गाको ठूलो हिस्सा नियमविपरीत प्रयोग भएको पाइएको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको महत्त्वपूर्ण सम्पत्ति अतिक्रमण, अनियमित भोगाधिकार, प्रयोग नभएको अवस्था वा विवादग्रस्त रूपमा रहेको छ ।प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयसँग मात्र १ करोड ३१ लाख ३७ हजार वर्गमिटर क्षेत्रफल बराबरको जग्गा थातथलो, ९ लाख ९९ हजार भोगाधिकार र अन्य ६ लाख ५३ हजार वर्गमिटर जग्गा रहेको छ । तर, विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको ११३ रोपनी जग्गा एक निजी आवासी
कास्की— पोखरा महानगरपालिका–२२ स्थित पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–२२ शान्ति स्तूप नजिकै छोरेपाटन बजारदेखि केही माथि बुधबार दिउँसो करिब १ बजे ग १ ख ३८८६ नम्बरको नगर बस पल्टिएको हो।दुर्घटनामा २४ जना घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। दुर्घटनामा २० जना सामान्य घाइते भएका छन् भने बाँकी ४ जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।उक्त बस रिजर्भ रहेको र त्यसमा भारतीय पर्यटक सवार रहेको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले घाइतेहरूको विवरण संकलन गरिरहेको छ।बसमा २६ जना सवार रहेक
काठमाडौं— संक्रमणकालीन न्याय प्रक्रिया फेरि पनि विवादको घेरामा परेको छ। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स जस्ता तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।उनीहरूले द्वन्द्वपीडितहरूका आवाज र अपेक्षा सम्बोधन नगरेको आरोप लगाउँदै नियुक्ति प्रक्रिया पुनरवलोकन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। गत वर्ष संसद्बाट पारित ‘संक्रणकालीन न्यायसम्बन्धी कानुन’ व्यापक समर्थनका साथ पारित भएको थि
रौतहट ३१ बैसाख। बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। गाड़ी र चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका बर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रव
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तो विश्वव्यापी संस्थालाई व्यक्तिगत स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए कुनै राजनीतिक संगठन नभएको स्पष्ट पारे।“विदेश हाम्रो राजनीति गर्ने स्थान होइन,” प्रधानमन्त्री ओलीले भने, “एनआरएनए राजनीतिक दल होइन, त्यसैले यस संस्थालाई ‘कहाँ भोट हाल्छ’ भन्ने आधारमा हेर्नु अनुचित हुन्छ। यसको उद्देश्य नेपाली डायस्पोराको हकहित संरक्षण गर्नु र नेपालका लागि योगदान पुर्याउनु हो।”उनले एनआरएनएमा एकता, मेलमिलाप र समन्वय आवश्यक रहेको
काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर भोगिरहेको बताउँदै सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विश्व समुदायलाई एउटै मञ्चमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।बुधबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना’ अन्तर्गतको एक राष्ट्रिय कार्यशालामा बोल्दै उनले भनिन्, “नेपाल हिमाली देश भएकाले यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यन्तै गम्भीर छ। सगरमाथा संवादले नीति निर्मातादेखि पत्रकार र विविध समुदायहरूलाई जलवायु सम्बन्धी छलफलका लागि एकै स्थानमा ल्याउने प्रयास गर्छ।”उनले हिमालहरूलाई सगरमाथा संवादमा
काठमाडौं— काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पूर्व भारतीय सैनिक रहेका पन्त अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.