समाचार

    Showing 7,291-7,300 of 25,623 items.
  • जेनजी आन्दोलनको क्षतिमा ४.३८ अर्ब बीमा दावी भुक्तानी

    काठमाडौं— हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँ मध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रु

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 558 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 477 पटक पढिएको
  • एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 510 पटक पढिएको
  • अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

    जनकपुर— अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ ।बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ ।एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन लागेको हो । एशोसिएसनले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक सभा हलमा मानव अधिकारको सन्दर्भमा एक वर्ष भरिका मानव अधिकार सम्बन्धी गतिविधीहरु समेटेर अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल बार एशोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले जानकारी दिए ।उनले सो अवधारणा पत्रमा सहभागीहरुले व्यापक छलफल गर

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 479 पटक पढिएको
  • सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

    काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 518 पटक पढिएको
  • डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैनः मन्त्री खरेल

    काठमाडौं— लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् ।मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 478 पटक पढिएको
  • अरबिन्द्र सिंह भन्छन केपी ओलीले एमालेलाई बदनाम गराए

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् ।बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए । उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 494 पटक पढिएको
  • लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

    म्याग्दी— बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले संरक्षण क्षेत्र बनाइएको हो । देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामूलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताए। “वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालयसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 503 पटक पढिएको
  • डीएसपी मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ

    काठमाडौं— बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।जेठी श्रीमतीको जाहेरीको आधारमा पक्राउ परेका नेपाललाई थुनामा राखेर प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेलगत्तै सेवाबाट निलम्बनमा परेका उनको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 451 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

    विराटनगर । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउगरेको छ । मंसिर २३ गते दिउँसो चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका सिन्धुपाल्चोकका ३४ बर्षीय दावा लामा होल्मोलाई ५८ ग्राम १४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१५ स्थितबाट पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.