जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्यमन्त्री यादवले जानकारी दिएका छन् ।






































