समाचार

    Showing 25,261-25,270 of 26,065 items.
  • सिडिओको नक्कली सहि प्रयोग गर्ने २ जना पक्राऊ

    बारा / प्रदेश नम्बर २ मा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नक्कली सहि गरेर सवारी पास बनाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १७ निवासी २१ वर्षीय जयनारायण प्रसाद जयवाल र वडा नम्बर ३ निवासी ३० वर्षीय गोपाल प्रसाद कलवार रहेका छन् ।जयसवाललाई जिल्ला प्रशासन कार्यालय बाराको किर्ते छाप र दस्तखत भएको सवारी पास प्रयोग गरेर सवारीसाधन चलाईरहेको अवस्थामा पक्राउ गरेपछि उनले दिएको बयानको आरोपमा कलवारलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार

    • प्रकाशित मितिः असार २८, २०७८
    • 81 पटक पढिएको
  • उच्च अदालत इलाम इजलासकी कर्मचारी मृत फेला

    इलाम / उच्च अदालत विराटनगरको इलाम इजलासकी एक कर्मचारी मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली कार्यालय परिसरभित्रै मृत अवस्थामा भेटिएकी हुन् ।पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार पराजुलीको मृत्यु कसरी र के कारणले भयो भन्ने अझै पुष्टि हुन सकेको छैन ।  घटना रहस्यमय भएकाले थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको श्रेष्ठले बताए।

    • प्रकाशित मितिः असार २८, २०७८
    • 64 पटक पढिएको
  • राजनीतिक खिचातानीका कारण हुन सकेन विश्वविद्यालय सभा

    चितवन / चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको आर्थिक वर्ष २०७७/७८ मा विश्वविद्यालय सभा हुन सकेको छैन। राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर विश्वविद्यालय सभा हुन सकेको थिएन ।विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको जानकारी दिएकि छन् । गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उनले त्यसपछि हालसम्म हुन नसकेको बताएकी छिन् ।कोरोना बढेर निषेधाज्ञा भएका

    • प्रकाशित मितिः असार २८, २०७८
    • 61 पटक पढिएको
  • अमेजनका अनलाइन स्टोर डाउन

    काठमाडौं / ईकमर्स जायन्ट अमेजनका विभिन्न देशमा रहेका अनलाइन स्टोर डाउन भएको छ । आइतबार राति कम्पनीका विभिन्न देशमा सञ्चालित रिजनल डोमेनमा ‘एरर’ म्यासेज देखिएको थियो ।यसअन्तर्गत संयुक्त राज्य अमेरिका, भारत, क्यानडा, बेलायन, फ्रान्स लगायतका अनलाइन स्टोरहरूमा अमेजनका ग्राहकहरुले अनलाइन खरिद प्रक्रियामा समस्या भोग्नुपरेको आउनेज मनिटरिङ वेबसाइट डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरका अनुसार करिब २ घण्टासम्म अनलाइन स्टोरका वेबसाइटमा समस्या देखिएको थियो । यो बीचमा प्रयोगकर्ताले ३८ हजारभन्दा बढी रिपोर्ट पठाएका थिए ।यसैबीच कम्पनीले हालै अनलाइन स्टोरको सेवा पुनः सामान्य अवस्थामा फर्किएको जानकारी दिएको

    • प्रकाशित मितिः असार २८, २०७८
    • 63 पटक पढिएको
  • तल्लो मोदी ‘१’ को उत्पादन सञ्चालनमा

    पर्वत / बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।जिल्लाको कुश्मा नगरपालिका–८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पुर्याएको थियो । सोही दिन मोदीखोलामा आएको बाढीले मुहानमा समेत क्षति पुर्याएको थियो । लगातारको प्रयासबाट मर्मत सम्पन्न गरेर आइतबार साँझदेखि उत्पादन शुरु भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिएका छन्  । उनका अनुसार सुन्दरेखो

    • प्रकाशित मितिः असार २८, २०७८
    • 69 पटक पढिएको
  • मनाङका सरकारी कार्यालयलाई उज्यालो

    मनाङ /  बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ । पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना

    • प्रकाशित मितिः असार २८, २०७८
    • 68 पटक पढिएको
  • जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाईयो

    खोटाङ / धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ । बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासमा निर्माण भएका घरटहरा बराहपोखरी गाउँपालिकाको जेसिभि लगाएर भत्काएको हो ।शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन यसअघि स्थानीय बासिन्दालाई गाउँपालिकाको तर्फबाट तीन पटक समय दिइएको थियो । गाउँपालिकाले दिएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि विसं २०७७ मङ्सिर १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर २१ गते सार्वजनिक जग्गा अतिक्रम

    • प्रकाशित मितिः असार २८, २०७८
    • 89 पटक पढिएको
  • डुबानमा परेका ३९ परिवारको खाद्यान्न सशस्त्र प्रहरीले जोगायो

    कञ्चनपुर / भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नं ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो । वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताएका छन् । धनजनको क्षत

    • प्रकाशित मितिः असार २८, २०७८
    • 96 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    मुग्लिन / निरन्तर वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ : ४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।अहिले पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।

    • प्रकाशित मितिः असार २८, २०७८
    • 81 पटक पढिएको
  • सिल्टेसन ड्यामको विषयमा पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण

    पोखरा / फेवातालको शिर हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले चार वटा खोलामा निर्माण गरेका सिल्टेसन ड्याममध्ये हपर्न खोलामा बनाइएको डयाममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण भएको जनाएका छन् । “क्षतिग्रस्त उक्त सिल्टेसन डयामको गुणस्तर तथा निर्माणका क्रममा तयार गरिएको

    • प्रकाशित मितिः असार २८, २०७८
    • 59 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.