मुग्लिन / निरन्तर वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ : ४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

OM Sai Pathibhara Hospital

अहिले पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् 

उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।