चितवन / चितवनको कृषि
तथा वन विज्ञान विश्वविद्यालयको आर्थिक वर्ष २०७७/७८ मा विश्वविद्यालय सभा हुन सकेको छैन। राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको लामो समयको
रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन
र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर विश्वविद्यालय
सभा हुन सकेको थिएन ।
विश्वविद्यालयका रजिष्ट्रार
प्रा.डा
शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको जानकारी दिएकि छन् । गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको
भन्दै उनले
त्यसपछि हालसम्म हुन नसकेको बताएकी
छिन् ।
कोरोना बढेर निषेधाज्ञा भएकाले
पनि सभा हुन नसकेको उनको भनाइ छ । विश्वविद्यालय स्थापनापछि सभा
हुन नसकेको यो पहिलो भएको भन्दै उनले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउदो वर्षको बजेट तथा
कार्यक्रम स्वीकृत गर्ने बताएकी
छन् । विश्वविद्यालयमा वार्षिक बजेट ६९ करोड रुपैयाँको
हाराहारीमा हुने गर्दछ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.
पुण्य रेग्मीपछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च
गरिएको बताएकी छन् । विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिष्ट्रारको हुने भए
पनि उनको
स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कुलपतिको समय मिलाउन नसक्दा
सभा हुन नसकेको रेग्मीको भनाइ छ ।
यस विश्वविद्यालयको सभामा २५
जना सदस्य रहेका छन् । उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा
हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ । विश्वविद्यालयभित्रको
राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान सङ्कायका
डिन प्रा.डा
बलराम भट्टले जानकारी दिएका छन् ।
विश्वविद्यालयका संस्थापक रजिष्ट्रार
प्रा.डा
सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दो विषय भएको भन्दै सरकारले यस
विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताएका छन् ।