इलाम / उच्च अदालत विराटनगरको इलाम इजलासकी एक कर्मचारी मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली कार्यालय परिसरभित्रै मृत अवस्थामा भेटिएकी हुन् ।

पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

OM Sai Pathibhara Hospital

श्रेष्ठका अनुसार पराजुलीको मृत्यु कसरी र के कारणले भयो भन्ने अझै पुष्टि हुन सकेको छैन ।  घटना रहस्यमय भएकाले थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको श्रेष्ठले बताए।