समाचार

    Showing 25,221-25,230 of 26,065 items.
  • झापामा करेन्ट लागेर एकको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर –३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसान रहेका छन् । आज दिउँसो साढे २ बजे गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 251 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट मृत्यु

    राजविराज /  तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय सरयोग राय रहेको जिल्ला प्रहरी कार्यालय राजविराजले जानकारी दिएको छ ।स ४ प ९५४ नं को मोटरसाइकलको ठकरबाट घाइते भएका उनको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेश कुमार रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 86 पटक पढिएको
  • वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ता चोरी

    बझाङ / बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलबार राति चोरी भएको हो । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताएका छन् । वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 52 पटक पढिएको
  • मनाङ जिल्ला अदालतमा एक वर्षको अवधिमा १२ मुद्दा दर्ता

    मनाङ / हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् ।जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा छ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएको अदालतका स्रेस्तेदार तारादत्त बडुले जानकारी दिएका छन् । उनि भन्छन्, “हिमाली जिल्ला मनाङमा अत्यन्त कम मात्रामा मुद्दा दर्ता हुन्छ । आव २०७७/०७८ मा १२ वटा मुद्दा दर्ता भएको छ । यसमध्ये पनि सबैभन्दा धेरै छ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 74 पटक पढिएको
  • पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

    काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ। लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुन

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 73 पटक पढिएको
  • झापामा फेरी एक महिलाको हत्या

    बिर्तामोड / झापाको बिर्तामोडमा सिर्जना बस्नेतको हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित रहेकै वेला झापाकै गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादहको गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिया संगीता टुडुको शव भेटिएको छ । इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक (इन्स्पेटर) अनिल माबोहाङले टुडुको शवको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको हुनसक्ने बताएका छन् । हिजो बेलुका श्रीमान श्रीमती बिच झगडा भएको खुलेकाले उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले उनका श्रीमान फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 2,746 पटक पढिएको
  • हतियार र लागूऔषध सहित एक भारतीय पक्राउ

    विराटनगर / हतियार र लागूऔषध लिएर आउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत –९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल रहेका छन् । चेकजाँचको क्रममा पटेललाई विराटनगर महानगरपालिका –१६ स्थित भत्केको वालनजिकबाट राति १०ः२८ बजेतिर पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए ।  ठाकुरका अनुसार प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेको साथबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । शंकास्पद रूपमा प

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 314 पटक पढिएको
  • महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर /  महाकाली नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका - ४ सुर्खेती टोलकी ४ चार वर्षीया सम्झना सुनार रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ।सुनारको साथीहरू सँग खेल्ने क्रममा नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको र नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिएका छन्।बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमान्डमा १०

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 72 पटक पढिएको
  • हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धा गर्न नेपाली युवा लण्डन जाँदै

    काठमाडौँ / युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन जाने भएका छन् ।दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भएको थियो । डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि जाने तयारि गरेको छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ जना सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी ह

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 65 पटक पढिएको
  • बालबालिका सम्बन्धी वस्तुगत विवरण तयार हुने

    तनहुँ / जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्था सम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले विवरण तयार गर्ने निर्णय गरेको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रिस्तर)को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद ४ को दफा ७ लक्ष्यअनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को सूचका

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.