बिर्तामोड / झापाको बिर्तामोडमा सिर्जना बस्नेतको हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित रहेकै वेला झापाकै गौरादहमा एक महिलाको हत्या भएको छ । 

गौरादहको गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिया संगीता टुडुको शव भेटिएको छ । इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक (इन्स्पेटर) अनिल माबोहाङले टुडुको शवको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको हुनसक्ने बताएका छन् । 

OM Sai Pathibhara Hospital

हिजो बेलुका श्रीमान श्रीमती बिच झगडा भएको खुलेकाले उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले उनका श्रीमान फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।