काठमाडौँ / राष्ट्रिय
पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार
तथा यातायात खर्च निकासा भएको छ ।
भूकम्प प्रभावित ३२
जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन
बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ।
लामो समयदेखि निकासा
हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो ।
यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले
पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।
असार १० गते बसेको
निर्देशक समितिको बैठकले निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा
यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।