कञ्चनपुर / महाकाली नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा
दोधारा चाँदनी नगरपालिका - ४
सुर्खेती टोलकी ४ चार वर्षीया
सम्झना सुनार रहेको इलाका प्रहरी कार्यालय दोधारा
चाँदनीले जानकारी दिएको छ।
सुनारको साथीहरू सँग खेल्ने क्रममा नदीमा डुबेर बुधबार साँझ
मृत्यु भएको र नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा
शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका
सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र
बहादुर ऐरले जानकारी दिएका छन्।
बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट
दोधरा चाँदनीबाट
कृष्णबहादुर बोहराको कमान्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा
चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमान्डमा रहेको पाँच जनाको टोली खोजतलासमा
जुटेको थियो ।
शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा
चाँदनीमा राखिएको प्रहरीले जनाएको छ।