समाचार

    Showing 24,811-24,820 of 26,051 items.
  • ७० प्रतिशत मुद्दा फछ्र्यौट

    फुङ्लिङ / ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल चार सय ५२ मुद्दामध्ये तीन सय १३ फछ्र्यौट भएको हो  ।अघिल्लो आवमा  जिम्मेवारी सरी आएका एक सय ४४ तथा नयाँ दर्ता भएका तीन सय ८ थान गरी चार सय ५२ मुद्दा फछ्र्यौट भएको  जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए । चालू आर्थिक बर्षका लागि भने एक सय ३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ । गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 163 पटक पढिएको
  • साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा

    काठमाडौँ / साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारी लगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो ।उक्त अध्ययन प्रतिवदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं स्वरोजगारमूलक मिडियाका वास्तविक कठिनाइ बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध पनि गरेको छ । पत्रपत्रिका प्

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 118 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउन सुगर सहित दुई पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –९ देवकोटा चौकबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बिर्तामोड नगरपालिका –८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका –६ घर भई हाल बिर्तामोड नगरपालिका –८ मा DDR फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।  उनीहरूलाई शुक्रबार साँझ साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 1,145 पटक पढिएको
  • बिरामीका नाममा चन्दा उठाउने ३ झापाली पक्राउ

     विर्तामोड (अन्नपुर्ण पोस्ट दैनिक बाट )//बिरामीको नाममा चन्दा उठाउने  ३ जना झापाली पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका -९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर -१ का ३२ वर्षीय टेकबहादुर बस्नेत र झापाकै हल्दीबारी गाउँपालिका -१ का ४४ वर्षीय धनबहादुर सेन्चुरी रहेका छन्। प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेर ३ पांग्रे टेम्पु भित्रन पहिलेदेखिनै रोक लगाइएको पोखरा सहरमा ट्यक्सी, मोटरसाइकल, कार र बसहरु मात्रै गुड्ने गरेका छन्।  यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिन थालेको थियो। तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भ

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • 740 पटक पढिएको
  • चार लाख बराबरको रुद्राक्षका माला बरामद

    कञ्चनपुर / कञ्चनपुरबाट सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला बरामद गरेको छ ।भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो ।दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 144 पटक पढिएको
  • ब्राउन सुगरसहित तीन पक्राउ

    लहान / ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 141 पटक पढिएको
  • स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल

    बिर्तामोड / स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । जिल्लाको प्रथम अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका हुन् ।त्यस्तै सदस्यहरू तीर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । समितिका अन्य सदस्यहरू समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषध्यक्ष शालिग्रमा पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरूलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 137 पटक पढिएको
  • पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

    बैतडी / लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।पहिरोले बिहान ६ः०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 74 पटक पढिएको
  • आत्महत्याको प्रयास गर्ने छ जनाको उद्धार

    इनरुवा  / सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया म

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • 79 पटक पढिएको
  • धरानको लकडाउन फिर्ता

    धरान //राजनीतिक दलको अनुरोधमा धरान उपमहानगरपालिकाले शुक्रबारबाट गर्ने भनिको कडा लकडाउन फिर्ता भएको छ। व्यवसायीले बुधबार र विहिबार धरानमा लकडाउनको चर्को विरोध प्रदर्शन गरेपछि  शुक्रबारबाट गर्ने भनिएको कडा लकडाउन फिर्ता भएको हो। धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा विहिबार भएको सर्वपक्षिय छलफलले लकडाउन फिर्ता गर्ने निर्णय गरेको हो। अब एक हप्ता भित्र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिने र अहिले भईरहेको निषेधाज्ञालाई निरन्तरता दिईने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्। 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.