समाचार

    Showing 24,781-24,790 of 26,051 items.
  • मुख्यमन्त्री आचार्यका भाइ मृत भेटिए

    इटहरी / एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनका भाइ मृत फेला परेका छन् । आचार्यको सपथ ग्रहण कार्यक्रम अघि आफ्नै घरमा उनका भाइ रामप्रसाद आचार्य मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आचार्यका भाइ आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएको जनाएको छ । आफ्नो कोठाको ढोका लगाएर सुतिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जानकारी गराएको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 304 पटक पढिएको
  • विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा

     कर्णाली / वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।  सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो । फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच वि सं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्द

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 95 पटक पढिएको
  • भालुको पित्तसहित एक पक्राउ

    बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका –४ बाट भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका –४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेका छन् । शेरबुर्जालाई भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । पक्राउ परेका शेरबुर्जाकाको साथबाट प्रहरीले करिब १८ ग्राम भालुको पित्त बरामद गरेको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 86 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु

    बिर्तामोड / झापामा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका –९ निवासी २३ वर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेकी छिन् । बुधबार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा२७ प६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री प्रसाईँलाई ठक्कर दिएको थियो।मोटरसाइकलको ठक्करबाट घाइते भएकी प्रसाईँको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले लगिएकाे थियाे । प्रसाईँलाइ थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक लगिए पनि पुर्याउन साथ उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइक

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 114 पटक पढिएको
  • पुनःनिर्माणका काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिदै

    काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनःनिर्माणसम्बन्धी बाँकी काम सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई हस्तान्तरण गरिने भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको २० औँ बैठकले निजी आवास लगायतका कामको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार निजी आवास तथा बस्ती विकास तर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 90 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित १ पक्राउ

    मोरङको / विराटनगर महानगरपालिका –१२ बखरीबाट प्रतिबन्धित औषधी सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका –१७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । मंगलबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अलीलाई भारतको जोगवनीबाट पक्राउ गरेको हो । पक्राउ परेका अलीको साथबाट प्रहरीले इफिकिस ५ कार्टुन (प्रति कार्टुन ७२ पिस), माइक्रोसट १ कार्टुन (१८ पिस) , एन्ड विमेलोक्स ७ कार्टुन (प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी बरामद गरेको छ । पक्राउ परेका अलीलाई आज औषधी सहित आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाइएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 82 पटक पढिएको
  • दार्चुला घटनाको प्रतिवेदन आगामी सातामा बुझाउने छानबिन समितिको तयारी

    दार्चुला / दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटक–पटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहेको जनाइएको छ ।समितिका संयोजक सहसचिव जनार्दन गौतमले आज पनि उक्त विषयमा समितिका सदस्यबीच छलफल जारी रहेको र केही नयाँ सन्दर्भ आउँदा जिल्लासँग छलफल र समन्वय भइरहेको जानकारी दिए । “हामी एक हप्तामा अनुसन्धान सकेर मन्त्रालयलाई प्रतिवेदन बुझाउने गरी अघि बढेका छौँ” गौतमले भने ।उक्त घटनाको अध्ययनका लागि

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 70 पटक पढिएको
  • अव राजपत्र प्रदेशमै छापिने

    कैलाली / सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुरु गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुरु गरेको जानकारी दिए ।उनले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताए । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ । मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री ज

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 224 पटक पढिएको
  • नदी कटानका कारण तनहुँका छ सय ६३ घरधुरी जोखिममा

    तनहुँ / गत आइतबारदेखि परेको अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका –५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् ।मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।नदी बस्तीतर्फ सोझिए पछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनले बताए । नदी कटानका कारण त्यस क्षेत्रका करिब एक दर्जन सङ्घसंस्

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 97 पटक पढिएको
  • निर्दोष पत्रकार पक्राउ प्रकरण: प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारि ,छानविन समिति गठन

    रौतहट //रौतहटमा निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा संलग्न भएका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको हो ।शाहको ठाउँमा नयाँ एसपी पठाउने प्रहरी प्रधान कार्यालय, नक्सालले  तयारी गरेको छ ।छानविनका लागि वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति समेत बनाइएको छ ।समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहेका छन् ।प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।प्रहरीले मुख्य यो

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.