मोरङ / मोरङको उर्लाबारी बाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाल रहेका छन् । शनिबार राति १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल - ५७५ ट्याब्लेट र स्पासपेन -५७० ट्याब्लेट बरामद गरेको हो । औषधी बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पाल्पा / लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताएका छन्।
पर्सा / जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचविखनमा संलग्न दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण –११ बस्ने २५ वर्षीय विकेश कुमार र धनुष जिल्ल लगराइन घर भएकी २५ वर्षीया अजिमा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई गोप्य सूचना र सुराकीकोे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विभिन्न जिल्ला र ठाउँबाट ७ जना युवतीहरूलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो – ११ आदापुर बजार भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि उनीहरूलाई पक्
मनाङ / बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएकाले ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिए । पोखरा देखि मुक्तिनाथसम्म खाद्यान्न गाडीमार्फत ल्याएको र मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला पास हुँदै माथिल्लो मनाङ सम्म खच्चडमार्फत ल्याएको गुरुङले बताए । अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्द
लमजुङ / बाढी पहिराले क्षति पुर्याएको साढे दुई महिना हुँदासमेत ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो । आयोजनाका अनुसार दुईवटै टर्बाइन लगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिक
पाँचथर / निरन्तरको वर्षाका कारण आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । पहिरोले सडक भत्कँदा विगत २० दिनयता आवतजावतमा समस्या भएको फालेलुङ गाउँपालिका –७ का वडाध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएकाले यातायातमा समस्या भएको छ, केरुङले भने ‘सामान्य लागनीबाट तत्काल पहिरो पन्छाउने सम्भावना देखिदैन। उक्त सडकको फुलभञ्ज्याङ बाँस्बोटे खण्डमा पहिरो गएको छ । लुखुरेको पहिरोले विगत पाँच दिनदेखि सडक अवरुद्ध छ । बाँस्बोटेको पहिरोले २० दिनदेखि सडक अरुद्ध भएको हो । पहिरोका कारण फिदिमदेखि
मोरङ / मोरङमा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका –५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु. ३ हजार ठहर भएका फरार प्रतिवादी हुन ।
बिर्तामोड / झापाको कमल गाउँपालिका –४ चुलाचुलि मोडस्थित पुर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका –६ का ५० वर्षीय हेमसागर थापा रहेका छन् । शुक्रबार दिउसो साढे १ बजे पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थापाको घटनास्थलमै मृत्यु भएको हो । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका –७ का ४२ वर्षीय सम्पतलाल धिमाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।
काठमाडौँ / ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ । मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा
काठमाडौँ / सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरीले निरीक्षक, सहायक निरीक्षक र जहान र परिचर पदका लागि भर्ना आह्वान गरेको हो । सशस्त्र प्रहरीले निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग गरेको छ । यस्तै परिचर पदमा १२८ जना माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.