समाचार

    Showing 24,371-24,380 of 26,051 items.
  • सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भुकम्प गएको छ । पाङफुङ केन्द्रबिन्दु भएर आज (सोमबार) दिउँसो लगातार दुई पटक भुकम्प गएको हो । पहिलो पटक १ बजेर ४६ मिनेट र दोस्रो पटक १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 108 पटक पढिएको
  • हिरासत मृत्यु प्रकरण : गृह मन्त्रालयले बनायो छानबिन समिति

    बिर्तामोड / गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ।कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो।सो छानबिन समितिले असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 79 पटक पढिएको
  • नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

    नुवाकोट / नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।भाल्चेबाट काठमाडौं जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ –५ स्थित मानेगाउँमा दुर्घटना भएको नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका ३० जनालाई नै उदार गरी अस्पताल पठाइएको प्रवक्ता ओलीले बताए । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 70 पटक पढिएको
  • पहिरोको कारण भीमदत्त राजमार्ग अवरुद्ध

    धनगढी  / आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । सोमबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमा

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 78 पटक पढिएको
  • भद्रपुरमा हात्ती धपाउन थापेको करेन्टमा परेर महिलाको मृत्यु

    बिर्तामोड / झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर –१० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राई रहेकी छिन् । सोमबार बिहान ८ बजे आफ्नै घरबाहिर हात्ती धपाउन लगाइएको विद्युतीय तारबाट करेन्टलागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 94 पटक पढिएको
  • बुधबारेमा पिकअप दुर्घटना, चालक गम्भीर घाइते

    बिर्तामोड / झापाको बुधबारेमा पिकअप पल्टिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा चालक इलाम सुर्योदय नगरपालिका –१० बस्ने २३ वर्षीय पवन रिजाल रहेका छन् । आज बिहान एक बजे बुद्धशान्ति –३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा इलामबाट बिर्तामोड तर्फ आउँदैगरेको ३–०१–०२४ च५९०९ नम्बरको पिकअप अनियन्त्रित भइ सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।  दुर्घटनाबाट गम्भिर घाइते भएका रिजालको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 77 पटक पढिएको
  • देशका अधिकांश ठाउमा सामान्य वर्षा, हिमाली भु–भागमा हिमपात

    बिर्तामोड / नेपालमा अहिले बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 74 पटक पढिएको
  • मिल्लर गाडी पल्टदा दुईको मृत्यु

    संखुवासभा / संखुवासभामा मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका –४० वर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे चिचिला गाँउपालिका –३ केराबारी स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको ध्द्य ज्ञज्ञत्ऋ ण्द्दढट नम्बरको गाडी गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । 

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 97 पटक पढिएको
  • ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

    संखुवासभा  / संखुवासभाको मादी नगरपालिका –१ तीनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका –१ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । आज बिहान १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको इल् त्भ्क्त् ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको हो ।

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 100 पटक पढिएको
  • सडक दुर्घटना :१२ जनाको मृत्यु

     काठमाडौं //देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.