काठमाडौँ / नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम र यात्रा तथा घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । दिउँसो देशको पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक
पाँचथर / फिदिम नगरपालिका –४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङका सात वर्षीय प्रज्ज्वल मगर, इलामका ३४ वर्षीया प्रमिला देवान र उनका सात महिने छोरा निश्चल देवान रहेका छन् । उनीहरूको पाँचथरको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । मृतक एक जनाको भने पहिचान खुल्न सकेको छैन् । घाइतेमध्ये ४ जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । घाइते १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट विपी अस्पताल
काठमाडौँ / काठमाडौँको सिनामंगलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ११ जना अफगान नागरिकलाई पक्राउ गरेको छ । सुनौली नाकाबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको विशेष सूचनाको आधारमा ब्युरोले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका ब्युरोका सूचना अधिकारी श्यामकुमार महताेले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।
खोटाङ / हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो। खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए।‘मृतक पत्रकार राई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी
बिर्तामोड / काठमाडौँको सिनामङ्गलबाट मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका –४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेका छन् । खड्काले दुई वर्षअघि पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ लिई बेचबिखन गरेको ब्युरोले जनाएको छ ।गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्ड पुर्याएका थिए । खड्कासँगै कोठा बस्ने अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगेर अलपत्र पारेका थिए । मलेसियामा अलपत्रप
उदयपुर / उदयपुरको भोर्ले जङ्गल बाट ५३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका –९ स्थित सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् । आज (सोमबार) बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जङ्गलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका परियारका साथबाट प्रहरीले ५३ किलो गाँजा बरामद गरेको छ ।
पाँचथर / पाँचथरकाे सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको छ । दुर्घटनाबाट ५४ जना घाईते भएका छन् ।घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उक्त बसले सिबाखोलाबाट फिदिम मान्छे लिएर आउँदै गर्दा दुर्घटना परेको बताइएको छ । दुर्घटनाबाट घाइते भएका केहीको भने अवस्था गम्भिर भएकाले थप उपचारका लागि बिर्तामोड पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पोखरा / प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथु
चितवन / राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ ।यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो“ पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्न
धनकुटा / धनकुटामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चौबिसे गाउँपालिका –५ बज्रमाई का ७१ वर्षीय भुवन सिंह खड्का रहेका छन् । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका हुन् । खड्का वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानीयवासीहरूको सहयोगमा खोजतलास भइरहेको छ । सो स्थान अस्थाई प्रहरी बिक मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.