सप्तरी / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक नीलगाईको मृत्यु भएको छ । नीलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो ।सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।मृत नीलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत नीलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।
सुर्खेत / कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् प्रदेश लोक सेवा आयोग ऐन संशोधन गरेको छ ।कर्णाली प्रदेश सरकारको सिरफारिसमा प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले मंगलबार प्रदेश लोक सेवा आयोग ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हन् । २०७५ चैत २७ गते लोक सेवा आयोग ऐन प्रदेशसभाबाट पारित भएको थियो । ऐनमा केही कानुनी अड्चन भएकाले सरकारले २०७८ जेठ ३ गते संशोधनका लागि प्रदेशसभा सचिवालयमा दोस्रो संशोधन विधेयक दर्ता गरेको थियो ।तर प्रदेशसभा बैठक नबसेकाले सरकारले उक्त विधेयक फिर्ता गरेर अध्यादेश मार्फत ऐन संशोधन गरेको हो ।
मोरङ / मोरङको रतुवामाई नगरपालिका –३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । हिजो (मंलबार) बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित शर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई आवश्यक कारबाहीको लागी मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
विराटनगर / इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादव असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।विभागिय मुल्य–मान्यता, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादवलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन
बिर्तामोड / यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्स लिने प्रक्रियाअघि बढाउन सक्नेछन् । विभागका अनुसार सेवाग्राहीले यातायात विभागको वेबसाइटमा गएर नयाँ लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।
सिमकोट/ जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ।जिल्लाको खार्पुनाथ गाउँपालिका(१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो। उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ।बिरामी वीरजितले मात्
खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट प्रहरीले तास, नगद सहित ५ जना जुवाडेलाई पक्राउ गएको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका –५ का २७ वर्षीय हिराधन राई, साकेला गाउँपालिका –२ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ का ३३ वर्षीय बसन्त राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका –११ का २४ वर्षीय खोम बहादुर मगर रहेका छन् । आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अवस्थामा १ बुङ तास, नगद ७१ हजार २०
सुनसरी / सुनसरीको रामधुनी नगरपालिका –६ बकलौरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया नेहरी सदा रहेकी छन् ।हिजो (सोमबार) दिउसो २ बजे प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा डालाले लाग्दा सदा गम्भिर घाईते भएकी थिइन् । घाइते सदाको उपचारको क्रममा साढे ७ बजे धरानस्थित घोपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष बि.क. इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।
ताप्लेजुङ / नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको तीन ओटा उडान कटौती गर्दा यात्रु मारमा परेका छन् । प्रत्येक साताको चार दिन नियमित उडान हुने गरेको सुकेटार विमानस्थलका तीन उडान निगमले कटौती गरेपछि यात्रु मारमा परेका हुन् । साताको एक दिन (बुधबार) मात्र उडान गर्नेगरी निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएकाले तीन ओटा उडान कटौती गरिएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले जानकारी दिए । लिम्बुका अनुसार यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो । यता निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि
पाँचथर / बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।यससँगै पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.