समाचार

    Showing 23,981-23,990 of 26,043 items.
  • जागिरको प्रलोभन दिएर रकम माग्ने पक्राउ

    विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१० बसपार्कबाट ठगीमा संलग्न एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका –२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका –८ का उमेशकुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक – पटक गरी नगद १ लाख ७३ हजार रकम ठगी गरेका थिए । उनले जागिरको प्रलोभनमा रकम माग गरेको पीडितको भनाइ छ ।पक्राउ परेका अर्यालको विषयमा जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 64 पटक पढिएको
  • दुर्घटनामा २७ जना घाइते

    कैलाली / कैलालीको लम्कीचुहा नगरपालिका– ३ स्थित गोरङ्गे मा बुधबार बिहान बस र स्कारपियो एक आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु प प्र ० ० २ – ० ० १ ख १०८४ नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ गइरहेको से १ च १५९३ नम्बरको स्कारपियो एकापसमा ठोक्किएको हो ।दुर्घटनामा परी स्कारपियोमा सवार तीन जना र बसमा सवार २४ जना गरी २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते हुनेमा  कञ्चनपुर कृष्णपुर नगरपालिका– ६ का ४८ वर्षीय मोतीराम डङ्गौरा, लक्ष्मीनारायण मन्दिर धनगढीका स्वामी ७८ वर्षीय देवराज आचार्य, मन्दिरकै २३ वर्षीय मुकुन्द गौतम

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 59 पटक पढिएको
  • दुर्घटनाबाट २ जनाको मृत्यु ८ घाईते

    सूर्योदय / सूर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् ।मे १ ज ३३०७ नम्बरको मारुती भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो ।घाइतेहरूलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा माईजोमाई गाउपालिका -४ का ७६ वर्षीय राम प्रसाद तिम्सिना र माईजोमाई ३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो ।चालक सहित ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 73 पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न पक्राउ

    विराटनगर / मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ३ घर भई विराटनगर महानगरपालिका ११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल रहेका छन् ।गत मंसिर २६ गते राती साढे ८ बजे विराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवा बाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अवस्थामा मोटरसाइकल सहित दाहाललाई पक्राउ गरिएको हो ।पक्राउ परेका दहाललाई  मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरह

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 65 पटक पढिएको
  • एक किलो ३११ ग्राम सुन सहित पाँच बंगलादेशी पक्राउ

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन, ( चेनरोल, औंठी र चुरा ) सहित पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा ३० वर्षीय ताहिदुल तनवीर, एमडी युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् ।पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुल को साथबाट ४३० ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार ब

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 73 पटक पढिएको
  • सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको प्रहरीले जनाएको छ  । मृत्यु हुनेमा इटहरी ४ का ५१ वर्षीय श्री मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।      

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 60 पटक पढिएको
  • चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

    भक्तपुर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुनारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो ।‘ टोलीले निर्माण भएका सडकदेखि संरचना सम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ,’ रिसालले भने।उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 68 पटक पढिएको
  • बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

    नेपालगञ्ज /  १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नेपालगञ्जको एउटा टेक्निकल कलेजका  प्रधानाध्यापक ४१ वर्षीय हिक्मत रावललाई  पक्राउ गरेको हो । रावलका विरुद्ध छात्राले बलात्कार गरेको भनेर उजुरी दिएपछि पक्राउ गर्नु परेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले  बताए । ‘पीडित छात्राको तर्फबाट आफूलाई प्रिन्सिपलले डर धम्की देखाएर पटक पटक बलात्कार गरेको भनेर दिएको जाहेरीका आधारमा प्रहरीले तीन दिन अगाडि रावललाई पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने, ‘घटना अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 51 पटक पढिएको
  • फरार अभियुक्त २३ वर्षपछि पक्राउ

    नवलपरासी / लागू औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका –८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले  बताए ।प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले जानकारी दिए । नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना  हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 60 पटक पढिएको
  • सर्वोच्च परिसरमा आज पनि बारको धर्ना

    काठमाडौँ  / नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै धर्ना दिएको हो । कानुन व्यवसायीहरूले प्रधानन्याधीश जबराको राजिनामा माग गर्दै कात्तिक १४ गते देखि लगाएर धर्ना दिँदै आएका छन्।यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्चमा गोला प्रथा प्रणाली लागू भए पनि उच्च र जिल्लामा सोही प्रणाली लागु हुनुपर्ने उनीहरूको माग छ।

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.