नवलपरासी / लागू औषध मुद्दाका फरार अभियुक्तलाई प्रहरीले नवलपरासीबाट २३ वर्षपछि पक्राउ गरेको छ । 

प्रतापपुर गाउँपालिका –८ घर भएका ४१ वर्षीय त्रिलोकी केवटलाई मंगलबार पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले  बताए ।

OM Sai Pathibhara Hospital

प्रतापपुर स्थित खैरेटवाबाट पक्राउ गरेर उनलाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको एसपी यादवले जानकारी दिए । 

नवलपरासी जिल्ला अदालतले २०५५ फागुन १९ मा केवटलाई १ वर्ष कैद र ६ महिना जरिवाना  हुने फैसला गरेको थियो । उनलाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।