इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी ४ का ५१ वर्षीय श्री मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका सालो १९ वर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए ।
घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो । छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।