काठमाडौँ  / नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । 

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै धर्ना दिएको हो । 

OM Sai Pathibhara Hospital

कानुन व्यवसायीहरूले प्रधानन्याधीश जबराको राजिनामा माग गर्दै कात्तिक १४ गते देखि लगाएर धर्ना दिँदै आएका छन्।

यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। 

सर्वोच्चमा गोला प्रथा प्रणाली लागू भए पनि उच्च र जिल्लामा सोही प्रणाली लागु हुनुपर्ने उनीहरूको माग छ।