विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१० बसपार्कबाट ठगीमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका –२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् ।

OM Sai Pathibhara Hospital

अर्यालले उदयपुर त्रियुगा नगरपालिका –८ का उमेशकुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक – पटक गरी नगद १ लाख ७३ हजार रकम ठगी गरेका थिए ।

उनले जागिरको प्रलोभनमा रकम माग गरेको पीडितको भनाइ छ ।

पक्राउ परेका अर्यालको विषयमा जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।