काठमाडौँ / कानुनको कार्यन्वयन गराउने गृहमन्त्रालयले नै प्रहरी नियमावली विपरीत २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । गृह मन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचन आउनै लाग्दा आफू अनुकूल हुने गरी नेपाल प्रहरीका २५ जना डिएसपीको काज सरूवा गरेका हुन् ।अर्को आदेश नभएसम्मका लागि प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे अवधि पूरा गरेर २०७९ बैशाख १८ गते अवकाश हुँदैछन् । क्षेत्रीले अवकाश हुनै लाग्दा प्रहरीको नियमावली विपरीत कार्य गरेको भन्दै उनको नेतृत्वमाथि प्रश्न खडा हुने देखिएको
बिर्तामोड / सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ । हालसम्म अन्तराष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने यात्रुबाट एकहजार रुपैयाँ लिने व्यवस्था रहेकोमा अब १५सय बनाइएको हो । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालिएको हो । यसो गर्नाले वार्षिक सरकारलाई १५ अर्ब नाफा हुने तथ्यांकले देखाएको छ । हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहीबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडा
बिर्तामोड / जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका-१ का ३६ वर्षीय शमशेर आलम रहेका छन् । आलमलाई उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवाना तोके पछि फरार रहेका थिए । आलमलाई अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिर्तामोड / इलामको रोङ गाउँपालिका-४ जोरकलस स्थित मेची राजमार्गबाट अवैध २००० किलोग्राम छुर्पी बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्बरको पिकअप गाडीमा अवैध रुपमा बोकेको अन्दाजी १९ लाख बराबरको ४० बोरा हार्ड छुर्पी बरामद गरेको हो । अवैध छुर्पी बरामद भए सँगै उक्त छुर्पी, गाडी र चालक इलाम सूर्योदय नगरपालिका-२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
काठमाडौं / अब बिमा अभिकर्ताहरूको लाइसेन्स ( इजाजत अनुमति पत्र ) डिजिटल प्रविधिबाट रिन्यु गर्न सकिने भएको छ ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सर्भेयर तथा बिमा अभिकर्ताहरूको लाइसेन्स डिजिटल प्रविधिको माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । ३ लाख भन्दा बढी बिमा अभिकर्ता र २ हजारभन्दा बढी बिमा सर्भेयरहरुले लाइसेन्स डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने बताएका छन् । अध्यक्ष सिलवालले बिमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताको लाइसेन्स नवीकरण गर्न पनि झन्झटिलो हुने गरेकाले आधुनिक प्रविधिको माध्यम प्रयोग गरेको बताए ।यस सुविधा अन्तर्गत अब
काठमाडौं / प्रहरीले ठगी गरेको आरोपमा एक महिलालाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बस्ने ५४ वर्षीया विमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । प्रहरी उपरीक्षक मैनालीका अनुसार श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार थिइन् । पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन् । श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ ।
काठमाडौं / काठमाडौं गैरआवासीय नेपाल संघ(एनआरएनए)को १०औं विश्व सम्मेलन आज (मंगलबार)बाट सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज राजधानीको होटल याक एण्ड यतीमा आयोजना गरिएको सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा एनआरएनएका पुर्व अध्यक्ष शेष घले, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पुर्वअध्यक्ष अनिल केशरी शाह लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड / झापाको कमल गाँउपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का २३ वर्षीय पाण्डव चौलागाईँ रहेका छन । हिजो दिउँसो पौने १२ बजे बि आर ३८ टि ५९७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार चौलागाईँ गम्भिर घाईते भएका थिए उनलाई उपचारका लागी बि एण्ड सी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक खड्का सामान्य घाईते भएको र दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
बिर्तामोड / बहुविवाहको मुद्दामा दोषी ठहर भई फरार रहेका २९ वर्षीय राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका- ३ घर भइ हाल बिर्तामोड नगरपालिका -५ मा बस्दै आएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरेको हो ।पक्राउ गरे पश्चात दोषी श्रेष्ठलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको थियो । श्रेष्ठलाई स्वास्थ्य परिक्षण गरि अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन् ।
काठमाण्डौ / चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाण्डु आउने भएका छन् ।नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाण्डु आइपुग्ने छन् ।बिदेशमन्त्री वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक बस्नेछ । भ्रमणमा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नेपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.