बिर्तामोड / जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगरा गाउँपालिका-१ का ३६ वर्षीय शमशेर आलम रहेका छन् ।
आलमलाई उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैयाँ जरिवाना तोके पछि फरार रहेका थिए ।
आलमलाई अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।