काठमाडौँ / कानुनको कार्यन्वयन गराउने गृहमन्त्रालयले नै प्रहरी नियमावली विपरीत २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।
गृह मन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचन आउनै लाग्दा आफू अनुकूल हुने गरी नेपाल प्रहरीका २५ जना डिएसपीको काज सरूवा गरेका हुन् ।
अर्को आदेश नभएसम्मका लागि प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे अवधि पूरा गरेर २०७९ बैशाख १८ गते अवकाश हुँदैछन् ।
क्षेत्रीले अवकाश हुनै लाग्दा प्रहरीको नियमावली विपरीत कार्य गरेको भन्दै उनको नेतृत्वमाथि प्रश्न खडा हुने देखिएको छ ।