बिर्तामोड  / सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ । हालसम्म अन्तराष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने यात्रुबाट एकहजार रुपैयाँ लिने व्यवस्था रहेकोमा अब १५सय बनाइएको हो । 

केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त रकम उठाउन थालिएको हो । यसो गर्नाले वार्षिक सरकारलाई १५ अर्ब नाफा हुने तथ्यांकले देखाएको छ । 

OM Sai Pathibhara Hospital

हालसम्म काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । पहिले एउटा विमानस्थललाई लक्षित गर्दै त्यहीबमोजिम दस्तुर नियमावली बनाइएको थियो । अब छिट्टै भैरहवा र पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी गरिएकाले उक्त नियमावलीको विद्यमान व्यवस्थामा संशोधन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।