बिर्तामोड / बहुविवाहको  मुद्दामा दोषी ठहर भई फरार रहेका २९ वर्षीय राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका- ३ घर भइ हाल बिर्तामोड नगरपालिका -५ मा बस्दै आएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरेको हो ।

पक्राउ गरे पश्चात दोषी श्रेष्ठलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको थियो । श्रेष्ठलाई स्वास्थ्य परिक्षण गरि अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन् ।