काठमाडौं / अब बिमा अभिकर्ताहरूको लाइसेन्स ( इजाजत अनुमति पत्र ) डिजिटल प्रविधिबाट रिन्यु गर्न सकिने भएको छ ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा सर्भेयर तथा बिमा अभिकर्ताहरूको लाइसेन्स डिजिटल प्रविधिको माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
३ लाख भन्दा बढी बिमा अभिकर्ता र २ हजारभन्दा बढी बिमा सर्भेयरहरुले लाइसेन्स डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने बताएका छन् । अध्यक्ष सिलवालले बिमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताको लाइसेन्स नवीकरण गर्न पनि झन्झटिलो हुने गरेकाले आधुनिक प्रविधिको माध्यम प्रयोग गरेको बताए ।
यस सुविधा अन्तर्गत अब अभिकर्ताले आफ्नो कम्प्युटर र मोबाइल मार्फत सजिलै नवीकरण गर्न सक्ने छन् ।