बिर्तामोड / इलामको रोङ गाउँपालिका-४ जोरकलस स्थित मेची राजमार्गबाट अवैध २००० किलोग्राम छुर्पी बोकेको गाडी सहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्बरको पिकअप गाडीमा अवैध रुपमा बोकेको अन्दाजी १९ लाख बराबरको ४० बोरा हार्ड छुर्पी बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

अवैध छुर्पी बरामद भए सँगै उक्त छुर्पी, गाडी र चालक इलाम सूर्योदय नगरपालिका-२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।