समाचार

    Showing 22,581-22,590 of 26,011 items.
  • कनकाईमा पाँच हजार २७६ मत गणना गर्दा थापाको अग्रता कायमै

    बिर्तामोड / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार पाँच हजार २७६ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी दुई हजार २५४मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा एमालेबाट मेयर मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले एक हजार ५३९ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ७१५ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रमुख श्याम ओलीले २२६ मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले चार मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 128 पटक पढिएको
  • कचनकवल अपडेट : गठबन्धनको अग्रता कायमै, कसको कति ?

    बिर्तामोड /  झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ ।गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले दुई हजार ५८० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक हजार ३९१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक हजार १९३ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक हजार ३७५ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १४१ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ४६० मत प्राप्त गरे

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 120 पटक पढिएको
  • अपडेट : भद्रपुरमा पोखरेललाई पछ्याउँदै राजवंशी र पनेरु, कसको कति मत ?

    भद्रपुर / भद्रपुर वडा नम्बर -२ मा एमालेले मेयर पदमा मत अन्तर घटाउँदै गएको छ । भद्रपुर वडा नम्बर -२ मा  २२०० मत गणनाको परिणाममेयर पदमा(काँग्रेस, माओवादी र एकीकृत समाजवादी) गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल : ६८१एमालेका असारु राजवंशी : ६२९राप्रपाका नवराज पनेरु : ८२४हलो : ५४८उपमेयर पदमा(काँग्रेस, माओवादी र एकीकृत समाजवादी) गठबन्धनबाट माओवादीका शिवकुमार राजभण्डारी : ७२९एमालेकी कौशिल्या अधिकारी : ६१०राप्रपाकी राधा कार्की : ५७६वडा अध्यक्षमा सुर्य : ७०५रुख : ७६५हलो : ५७६

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 337 पटक पढिएको
  • हल्दीबारी अपडेट : दुई हजार ७५७ मत गणना गर्दा लिङ्देन को अग्रता कायमै, लिङ्देनलाई पछ्याउँदै गिरि

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाका अध्यक्ष पदका उम्मेद्वार रविन्द्र लिङ्देन को अग्रता कायमै रहेको  छ । दुई हजार ७५७ मत गणना गर्दा लिङ्देनले एक हजार ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी एमालेका डम्बरबहादुर गिरिले ८५५ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ८८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा राप्रपाकी लक्ष्मी मैनालीले एक हजार ९६ मत र एमालेकी शान्ता देवी गौतमले ८३५ मत प्राप्त गरेकी छिन् । त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा राप्रपाका देवी बहादुर थापाले एक हजार ९५, एमालेका त्रि

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 170 पटक पढिएको
  • दमक नगरपालिका -१ मा एमालेको प्यानल नै विजयी

    दमक / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिका वडा नं -१ मा एमालेको प्यानल नै विजयी भएको छ । मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो ।मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षी गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् । यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४, दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५, खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राज कर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका हुन् ।यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम थापाले १६ सय ४८ मत ल्याए

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 88 पटक पढिएको
  • झापा गाउँपालिका अपडेट : एक हजार २६७ मत गणना गर्दा कांग्रेसको अग्र स्थानमा

    बिर्तामोड / वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिले सम्मको मत परिणाम हेर्दा झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को एक हजार २६७ मत गन्दा अध्यक्ष पदमा कांग्रेसका उम्मेद्वार जय नारायण साहले ४८२ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेका उम्मेद्वार गौरीशंकर राजवंशी रहेका छन् । उनले ३४० मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रुद्र बजगाईं २९० मतका साथ तेस्रो स्थानमा रहेका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी अन्जु देवी थपलियाले ४५५ मत, एमालेकी देवी अधिकारीले ३३० र माओवादी केन्द्रकी मुन्नावती गणेशले

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 107 पटक पढिएको
  • कचनकवल अपडेट : तीन हजार ६१८ मत गणना गर्दा गठबन्धनको अग्रता

    बिर्तामोड /  झापाको कचनकवल गाउँपालिकामा तीन हजार ६१८ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले दुई हजार ६५ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले ९६१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ८६६ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक हजार ४४ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ९४ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ४२२

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 201 पटक पढिएको
  • मेचीनगर अपडेट : ४२८ मत गन्दा गठबन्धनलाई पछि पार्दै एमाले अग्र स्थानमा

    बिर्तामोड / झापाको  मेचीनगरमा गठबन्धनलाई पछि पार्दै एमाले अग्र स्थानमा रहेको छ । ४२८ मत गन्दा प्रमुख पदमा गठबन्धनका उम्मेद्वार कांग्रेसका इन्द्र बहादुर बुढाथोकीले १७५ मत प्राप्त गरेका छन् भने एमालेका गोपाल बुढाथोकीले १८१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका रमेश दाहालले ३० मत प्राप्त गरेका छन् ।यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १०० मत, एमालेकी मिना उप्रेतीले १८३ र राप्रपाकी सविना बजगाईंले ५५ मत प्राप्त गरेका छन् ।  त्यसैगरी मेचीनगर –१ को वडाध्यक्षमा एमालेका रामकुमार राईले १८०, कांग्रेसका हेमलाल गुरागाईंले १८२ र राप्रपाले २२ मत प्राप्

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 94 पटक पढिएको
  • शिवसताक्षी अपडेट : एक हजार ८०८ मत गणना गर्दा एमालेको अग्रता कायमै

    बिर्तामोड / शिवसताक्षी नगरपालिमा एक हजार ८०८ मत गणना गर्दा एमाले अग्र स्थानमा रहेको छ । शिवसताक्षीको मेयर पदमा एमालेले ७४०, नेपाली कांग्रेसले ५९१, राप्रपाले ८२ र जसपाले ३० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा एमालेले ६५७, माओवादी केन्द्रले ५५५, राप्रपाले ३८ र समाजवादीले ७५ मत प्राप्त गरेको छ । वडा नम्बर –१ को अध्यक्षमा एमालेले ५४३, कांग्रेसले ५२३, माओवादी केन्द्रले ५३९ र राप्रपाले ५७ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 89 पटक पढिएको
  • मतगणनास्थलमा चल्यो गोली

    रामेछाप / रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ । इलाका प्रहरी चौकी दोरम्बाका अनुसार शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो । मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।स्थिति सामान्य रहेका कारण हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ। 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.