काठमाडौँ / काठमाडौँको नैकपामा दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नैकाप- १४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका- ५ बस्ने २२ वर्षीय मानबहादुर दुवाडीले चलाएको दूध बोक्ने बा प्र ०१–०२६ च २१५१ नम्बरको गाडीले रेग्मीलाई ठक्कर दिएको थियो । घाइते रेग्मीलाई उपचारलाई अस्पतालमा लैजाँदा ६ बजे मृत घोषणा गरिएको थियो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं / काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा भएपछि विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका छन् ।उक्त कलेजको कक्षा ११ मा पढ्ने एक छात्रामाथि कलेजका शिक्षक तथा संयोजक जनार्दन अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको बताइएको छ ।कलेज प्रशासन नै शिक्षकको बचाउमा लागेपछि विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले अहिले पठनपाठन पूर्णरूपमा बन्द गरेर कलेज परिसरमा प्रदर्शन गरिरहेका छन् ।
बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेकपा (एमाले) का गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् । उनले २६ हजार ४७८ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।उस्तै उपमेयर पदमा एमालेकै मीना उप्रेती निर्वाचित भएकी छन् । उनले २१ हजार ५९० मत प्राप्त गरि उपमेयर पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये सात पालिका
बारा / बाराको जितपुरसिमरा उपमहानगरपालिका –१६ स्थित बंगरी पुल नजिकै गुडिरहेको कारमा आगलागी भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बंगरी पुल नजिकै गुडिरेको प्र२ –०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाका अनुसार आगलागीबाट कारमा पूर्णरूपमा क्षति पुगेको छ । कार जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको थापाले बताए । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी भएको हो । प्रहरीका अनुसार कारको वायर सर्ट भएर आगलागी भएको हो ।
बिर्तामोड / कञ्चनपुरमा पोष्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापना गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।जिल्लाको भीमदत्त नगरपालिका-२, १९ र कृष्णपुर नगरपालिका-६ मा आर्थिक वर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालले ३ वटा ट्रयाक्टरको मल्याङ्कन गरी १६ लाख
बिर्तामोड / २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा युवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बाल बालिका विरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।प्रहरीले पाण्डेलाई शनिबार काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराएको हो ।
ताप्लेजुङ / ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार भट्टराईको भीरबाट लडेर मृत्यु भएको हुनसक्छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा मात्रै बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
झापा / २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका- १० मान्द्रे बस्ने ३२ वर्षीय जीवन बिक भनिने जुठे बिक रहेको प्रहरीले जनाएको छ । बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका- १० छाब्दीस्थित जङ्गलको झाडीमा गत जेठ १ गते साँझ जबरजस्ती करणी गरेको पीडितको आरोप रहेको छ ।घटना सम्बन्धमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयरमा नेकपा एमालेका केदारप्रसाद गुरागाईं विजयी भएका छन् ।गुरागाईँले उनका प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका हराउँदै मेयरमा विजयी भएका हुन् । अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।उस्तै उपमेयरमा पनि एमालेकै अकली चौधरी २२ हजार ४५२ मतसहित विजयी भएकी छिन् । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाँईले ११ हजार ३ सय मत ल्याएर उनी उपमेयरमा विजयी भएकी हुन् ।
झापा / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका- ११ रङ्गशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल रहेका छन् । ढकालले ती बालिकालाई ललाइ फकाई तिनाउ खोलामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.