समाचार

    Showing 22,371-22,380 of 26,011 items.
  • २ वटा सुनको सिक्री चोरी गरेको आरोमा एक पक्राउ

    काठमाडौं / काठमाडौंबाट २ वटा सुनको सिक्री चोरी गरेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका- ६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका- १० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी रहेका छन् । महानगरपालिका- १६ माछापोखरीस्थित प्रशंसा ज्वेलर्सबाट २ तोला सुनको सिक्री चोरी गरेको आरोपमा उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त ज्वेलर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनी २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको थियो । घटना सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 70 पटक पढिएको
  • सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

    काठमाडौँ / आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १० जेठमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक १५ जेठ दिउँसो ३ बजे बस्नेछ । नीति तथा कार्यक्रमलाई पारित पर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 60 पटक पढिएको
  • सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या र नकारात्मक गतिविधि गरेको आरोपमा प्रहरी सहित २ जना पक्राउ

    बिर्तामोड / सामाजिक सञ्जालमा फेक अकाउन्ट निर्माण गरी नकारात्मक गतिविधि गरेको आरोपमा एक प्रहरी जवानलाई प्रहरीले पक्राउ  छ । पक्राउ पर्नेमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर - ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव रहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरू  सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई जेठ ११ गते पक्राउ गरी  जिल्ला अदालत काठमाडौंब

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 102 पटक पढिएको
  • जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो : महामन्त्री शर्मा

    काठमाडौँ  / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान ट्वीट गर्दै उनले भने, जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसके पछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ ।’ यस्तै उनले साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि बताए । 

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 66 पटक पढिएको
  • आइपिएलको फाइनलमा पुग्न आज बैङ्गलोर र राजस्थानबीच प्रतिस्पर्धा

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आइपीएल) टि-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैङ्ग्लोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैङ्गलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 56 पटक पढिएको
  • २ वटा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

    झापा / म्याग्दीमा गोरु कट्दै गरेको अवस्थामा पहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका- ६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा  सोही बेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 59 पटक पढिएको
  • सर्वोच्चको आदेश सच्याउन माग गर्दै बारामा विरोध प्रदर्शन

    काठमाडौँ  / सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएपछि बाराका जनता आन्दोलित भएका छन् ।राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रक्रियाले गति लिँदै गर्दा सर्वोच्चले विमानस्थल बनाउन रोक लगाएपछि  जिल्लावासी असन्तुष्ट बनेका हुन् । जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचेन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलको भनाइ छ ।उनले विमानस्थल बन्न नदिन दक्षिण (विदेशी)को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तव्य हो भनेका छन् । ‘सर्व

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 57 पटक पढिएको
  • तेल बोकेको २ वटा ट्याङ्करमा आगलागी

    बुटवल /  रूपन्देहीको भलबारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्याङ्करमा आगलागी भएको छ ।डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 77 पटक पढिएको
  • खेतमा गाडेको २५ लाख भारु र दुई तोला सुन बरामद

    कैलाली / भारतको विभिन्न स्थानबाट चोरी गरेर ल्याई खेतमा गाडेको अवस्थामा प्रहरीले कैलालीबाट २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका –८ र बर्दगोरिया –४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको हो । घोडाघोडी नगरपालिका –८ स्थित स्थानीय लालबहादुर थापाको घर नजिकबाट २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडेको अवस्थामा भेटिएको प्रवक्ता जोशीले बताए । त्यस्तै सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिकबाट पनि स्टिलको डिब्बाभि

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 99 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / मोरङ र झापाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ वर्षीय दीपक चौधरी, झापा भद्रपुर नगरपालिका - ८ का २१ वर्षीय पवन बासफोर र २४ वर्षीय आशिष राजवंशी रहेका छन् । बिहीबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरेको  हो । यस्तै बिहीबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.