समाचार

    Showing 22,291-22,300 of 26,011 items.
  • जाजरकोटमा राउटे समुदायलाई पनि सामाजिक सुरक्षा भत्ता

    झापा /  फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पनि जाजरकोटमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ  । जाजरकोटको छेडागाड नगरपालिका- ५ बाँका थलहमा बस्दै आएका चालीस परिवारका एक सय ४४ जनालाई गुराँस गाउँपालिका- ८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।वडा कार्यालयले माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए । 

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 64 पटक पढिएको
  • अब एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई जना पाइलट अनिवार्य गर्ने तयारी

    काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अ

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 74 पटक पढिएको
  • चितुवाको आक्रमणबाट तीन जना घाइते

    झापा / गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन जना घाइते भएका छन् । प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो ।चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ ।जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरु गरेका छन् । यसैबीच इलाका प्रहरी कार्यालय पालुङटारले यस आसपासका क्षेत्रमा बसोबास गर्ने

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 61 पटक पढिएको
  • तारा हवाई दुर्घटना : विमान उडान सम्बन्धी नियममा कडाइ

    काठमाडौं / आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै विमान उडान सम्बन्धी प्रचलित कानुन र नियममा कडाइ गरिएको छ । विमान दुर्घटना भएपछि विमान दुर्घटना सम्बन्धी कानुनमा सरकारको ध्यानाकर्षण भएको हो । मौसम सफा नभएको अवस्थामा आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्ने जनाएको छ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवच

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 101 पटक पढिएको
  • श्रीमतीलाई छुरा प्रहार गरेको आरोपमा ४० वर्षीय श्रीमान् पक्राउ

    बिर्तामोड / उर्लाबारी नगरपालिका- ४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय श्रीमान सुमन महरालाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका आरोपितले छुरा प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।पेटमा छुरा प्रहार गरिएको र चोट गहिरो रूपमा लागेकाले पीडितको उपचार विराटनगर महानगरपालिका- ३ स्थित नोवेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताएका छन् ।महराले  श्रीमतीलाई जेठ १६ गते राति छुरा प्रहार गरेको स्थानीयले प्रहरीलाई सूचना दिएपछि आरोपितलाई राति नै अनुसन्धानका लागि घरबाटै

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 88 पटक पढिएको
  • हवाई दुर्घटना : कति पाउँछन् मृतकका परिवारले राहत ?

    काठमाडौं / आइतबार तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा १९ जना यात्रुसहित चालकदलका तीन सदस्यको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ भने पोस्टमार्टम प्रक्रियामा रहेको छ ।सरकारले वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वारचन , वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी छानबिन समिति बनाएको छ । छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 291 पटक पढिएको
  • बालिकालाई चकलेट खान दिने बहानामा बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय युवक पक्राउ

    झापा / अर्घाखाँचीमा ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महत रहेको प्रहरीले जनाएको छ । बालिकालाई चकलेट खान दिने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप रहेको छ । पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 91 पटक पढिएको
  • विमान दुर्घटनापछि किन खोजिन्छ ब्ल्याक बक्स ?

    काठमाडौं / ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैँ ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो रु नामअनुसार यो किन कालो हुँदैन् ? ब्ल्याक बक्सबारे केही रोचक तथ्यः१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर  (एफडीए) हो । यसले वास्तवमै तथ्याङ्कको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्या

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 187 पटक पढिएको
  • ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित दोहोरी साँझबाट आठ जना पक्राउ

    झापा / पोखरा महानगरपालिका- ४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका- १३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका- १५ बस्ने स्याङ्जा वालिङ नगरपालिका -३ घर भएका २४ वर्षीय दीपक गुरुङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त दोहोरी साँझभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 85 पटक पढिएको
  • स्थानीय तह निर्वाचनमा निर्वाचित ८१ जना पत्रकारको सदस्यता रद्द

    काठमाडौँ  / नेपाल पत्रकार महासङ्घले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्द गरेको छ । महासङ्घको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासङ्घको साधारण सदस्यबाट हटाएको हो । स्थानीय तहको निर्वाचनमा देशभरबाट करिब २ सय पत्रकारले उम्मेदवारी दिएपनि ८१ जना मात्र निर्वाचित भएका महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासङ्घको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।यो निर्णयअनुसार महासङ्घका दुई केन्द्रीय सदस्यसहि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.