काठमाडौँ / दिनेश डीसीले निर्देशन गर्न लागेको सर्वजित् चलचित्र निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार आयोजित एक कार्यक्रमका बीच सर्वजित् चलचित्रको शुभ मुहूर्त भएको थियो । त्यस कार्यक्रममा बोल्दै मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित् विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । चलचित्र निर्माणमा करिब १ करोड २५ लाख लागत अनुमान गरिएको छ । &nbs
काठमाडौं / काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतमाथि बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यतिबेला विद्यार्थीका अभिभावकहरूले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् । यता आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । पीडित भनिएका छात्राहरू ९ देखि १२ वर्ष उमेर समूहको रहको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराम न्यौपानेले बताएका छन् ।
बिर्तामोड / विराटनगर- १३ रानीस्थित विराटनगर आँखा अस्पतालमा अस्पतालका चिकित्सकको गाडी दुर्घटना भएको छ । दुर्घटना परि गेटमा खटिएका सुरक्षागार्ड विराटनगर - ४ का अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँइटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।अस्पतालका चिकित्सकको बाग्मती प्रदेश ०१ - २७ च ४०२१ नम्बरको गाडी अस्पताल भित्र प्रवेश गर्दा गाडीले गेटमा ठक्कर दिएको थियोले त्यही गेटले थिचेर सुरक्षा गार्ड घाइते भएका हुन् । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पर्सा ८ का ३४ वर्षीय दिनेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ
एजेन्सी / शुक्रबार जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस-पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / तनहुँमा खाना पकाउने सिलिन्डर ग्यास पड्किँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका- ९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।
बिर्तामोड / मोरङको कटहरी गाउँपालिका- ७ स्थित लोहन्द्रा खोलामा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३९ वर्षीय जोगलाल सरदार रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका सरदारको पानीमा डुबी मृत्यु भएको हो । पानीमा डुबी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / बर्दियामा अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– १ का २४ वर्षीय शेरे बिक रहेको प्रहरीले जनाएको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर हृदेश सापकोटाले जानकारी दिए ।घटना पछि फरार रहेको आरोपितलाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलाली सहयोगमा जेठ १९ गते कैलाली जिल्लाको बडी बर्दगोरिया गाउँपालिका –३ खैरिनीबाट पक्राउ गरेको प्रहरीले जनाएक
बिर्तामोड / कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई झापाको बाह्रदशी गाउँपालिकाले निःशुल्क पढाउने भएको छ । पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए । यस्तै कार्यपालिका बैठकमा मनोनीत ६ जनालाई शपथ ग्रहण गराइएको छ ।बाह्रदशी गाउँपालिका भित्र रहेका १६ वटा सामुदायिक विद्यालय मध्ये ३ वटा विद्यालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं.३ को पशुपति मावि, वडा नं. ५ को फूलबारी मावि र वडा नं. ७ को गौरीशङ्कर माविमा ११-१२ पढाई हुने गरेको छ ।कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास स
काठमाडौं / ‘पदीय जिम्मेवारी पूरा नगरी’ लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एक प्रहरी इन्स्पेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।प्रहरी नियमावली अनुरूप गृह मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले कुर्मीलाई विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत आदेश दिएको छ ।कुर्मी पर्सा कालिकामाई गाउँपालिका –५ का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।
एजेन्सी / भारतको पञ्जाब राज्य अन्तर्गत मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार पञ्जाबी गीतका गायक सिद्धू मुसेवालाको हत्या भएको थियो । पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिसकेको छ । उनीहरूसँगको बयानका आधारमा हत्यामा संलग्न व्यक्तिहरू खोज्न भारतीय प्रहरी नेपाल आएको खुलासा भएको छ ।हत्यामा संलग्नलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।मुसेवालाको हत्यामा संलग्न हतियारधारीहरू भारतसँग खुला सीमाना रहेको नेपालमा लुकेको हुनसक्ने अनुसन्धान टोलीको निष्कर्ष रहेको बताइएको छ ।प्रहरी टोली नेपाल आएको भनिएपनि उनी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.