झापा / जाजरकोटको नलगाड नगरपालिका- ५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नलगाड नगरपालिका- ५ रघुनाथका २० वर्षीय जनक ओली र सोही ठाउँका २१ वर्षीय विनोद खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक अर्जुनसिंह साउदको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरू विरुद्ध जिल्ला अदालतबाट आपराधिक कार्यसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी
झापा / झुक्याएर भारत लैजान खोजिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १० की १९ वर्षीया किशोरीको माइती नेपाल र नेपाल प्रहरीको संयुक्त टालीले उद्धार गरेको छ । ति किशोरीलाई शनिबार साँझ दशगजा क्षेत्रबाट उद्धार गरिएको हो ।किशोरीलाई भारत लना खोजेको आरोपमा भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका २९ वर्षीय पवन यादवलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
झापा / कैलालीको शिवशक्ति समुदायिक वनको रुखमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ६ स्थित स्थानीय २४ वर्षीया जलुकी सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । शुक्रबार दिउँसो ३ बजे नुहाउन भनी घरबाट गएकी उनलाई शनिबार स्थानीयले रुखमा झुण्डिएको अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / झापाको मेचीनगर -१० स्थीत धुलाबारीको एक इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । निलचल पाण्डाले सञ्चालन गर्दै आएको पाथिभरा भेराइटिजमा आगलागी भएको हो । आगलागीबाट १ करोड बढीको क्षति अनुमान भएको छ । करिब ९ :३० बजे बाट सुरु भएको आगलागी अहिले मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा नियन्त्रण आइसकेको छ । इलेक्ट्रिकका सामानहरू पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीको कारण भने पत्ता लागेको छैन् ।
बिर्तामोड / शनिबार विराटनगर- १३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारी दुर्घटना भएको थियो । चिकित्सकको सवारीले अस्पतालका सुरक्षागार्डलाई ठक्कर दिएर गम्भिर घाइते भएका सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ वर्षीय गुणप्रसाद लुईटेललाई ठक्कर दिएको थियो । गेटले टाउकोमा गम्भीर चोट लागेका लुईटेललाई तत्काल ठक्कर दिएको कारमा नै न्युरो अस्पताल लगिएको थियो ।शनिबार बिहान पौने १० बजे अस्पतालमा कार्यरत निष्ठा श्रेष्ठलाई अस्पताल पुर्याउने क्रममा अस्पताल भि
एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहर सिताकुण्डमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो ।घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ ।यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन ।स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ ।स्थानीय प
झापा / भक्तपुर र उदयपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर- ४ बसाहा घुम्तेली टोलका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।सुत्ने कोठाको ढोका खोल्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा घाइते भएका राईको उपचारका क्रममा चौदण्डीगढी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर- १ मनहरामा रहेको सुकुम्बासी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्बासी बस्तीमा बस्ने ५२ वर्षका दिलबहादुर त
भैरहवा / जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने ९ जनामध्ये पाँच जनाको मात्र पहिचान भएको छ र अन्य चार जनाको पहिचान हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहटका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया –४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर
झापा / मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झाका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना सम
धनगढी / कैलालीको धनगढीबाट ३८ थान नक्कली नोटसहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका –७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका –१४ की २७ वर्षीया रितु चौधरी रहेका छन्।उपमहानगरपालिका –१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राति हाटबजार रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिए टोलीले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.