समाचार

    Showing 21,801-21,810 of 25,992 items.
  • पाँचथरको फालेलुङमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता

    झापा / शुक्रबार राति पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलाल ,उनकी श्रीमती ३८ वर्षीया गोमा मगर,  र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रहरी नायब उप

    • प्रकाशित मितिः असार १८, २०७९
    • 59 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    झापा / उदयपुरमा  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिक रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका साढे ६ बजे अजय मल्लिक र उनको श्रीमती पुनीत मल्लिकले उनकै बहिनी शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका थिए । घाइते भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 60 पटक पढिएको
  • बिरिङ खोलाले बगाएर ६ वर्षीय बालकको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका -८ मा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नवीन ओलिको ६ वर्षीय छोरा सर्वजित् ओली रहेका छन् । हिजो दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरिङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा बालकको मृत अवस्थामा भेटिएको थियो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 77 पटक पढिएको
  • इटहरीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका -१७ पकलि चौक स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मङ्गलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको धरान घोपामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको  र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 165 पटक पढिएको
  • इलाममा जिप दुर्घटना : १० महिने बालकसहित १३ जना घाइते, चारको अवस्था गम्भिर

    बिर्तामोड / इलाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ आइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम १ स्थित नेपालटार सडक खण्डमा दुर्घटना भएको हो ।  दुर्घटनामा परी दश महिने बालकसहित २१ वर्षीय मनिस तामाङ, २४ वर्षीय लोकेन्द्र सिलवाल, ३० वर्षीया मिना खतिवडा, २१ दिवन राई, २२ वर्षीया मञ्जरी राई, ५३ वर्षीय इन्द्रबहादुर कार्की, ५६ वर्षीय जित बहादुर थेवे, ३२ वर्षीया अप्सरा राई, ५१ वर्षीय प्रेम तामाङ, ५३ वर्षीय दिपेन्द्र कोइराला, २७ वर्षीय सुरेन राई र सवारी चालक चुडामणि घिमिरे घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल इलाम उपचार भइरहेको र

    • प्रकाशित मितिः असार १७, २०७९
    • 173 पटक पढिएको
  • निगुरो टिप्न भारतीय जङ्गल पुगेका एक नेपालीमाथि गोली प्रहार

    झापा / बर्दियामा निगुरो टिप्न भारतीय जङ्गल पुगेका एक नेपालीमाथि गोली प्रहार भएको छ । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जङ्गलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको हो । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका- ३ का ५४ वर्षीय हेमराज गोडिया माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तीलाई बोलाएका थिए । राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले

    • प्रकाशित मितिः असार १७, २०७९
    • 99 पटक पढिएको
  • बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

    झापा / जाजरकोटमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपाली रहेका छन् । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते दिउँसो कोठामा गई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।पीडित पक्षले असार १५ गते दिएको उजुरीको आधारमा प्रहरी चौकी पाँचकाटियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा असार १६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष निरौलाले बताए ।प्रहरीले आरोपितसँग थप अनुसन्धान गर्न भन्दै जिल्ला अदालत जाजरकोटमा ०७९ असार १६ गते नै आरोपितलाई पेश गरी सात दिनको म्याद

    • प्रकाशित मितिः असार १७, २०७९
    • 68 पटक पढिएको
  • १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    झापा / सर्लाहीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा  बसवरिया गाउँपालिका- ६ सोहरवाका २३ वर्षीय भिखारी राय यादव रहेको प्रहरीले जनाएको छ ।पीडित किशोरीलाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको थिए ।पीडितका उजुरीको आधारमा आरोपित यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १७, २०७९
    • 85 पटक पढिएको
  • काठमाडौंमा भीख माग्न निषेध

    काठमाडौं / काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ ।काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिका भित्रका सडक, गल्ली पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा मागेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको सूचनामा उल्लेख छ ।महानगरले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र सार्वजनिक स्था

    • प्रकाशित मितिः असार १७, २०७९
    • 74 पटक पढिएको
  • राष्ट्रपति भण्डारीद्वारा जगन्नाथ रथयात्राको अवलोकन

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले शुक्रबार रथयात्राको शुभारम्भ गरेकी हुन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सहभागी हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन् । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए ।सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिएपनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धारा

    • प्रकाशित मितिः असार १७, २०७९
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.