झापा / सर्लाहीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा  बसवरिया गाउँपालिका- ६ सोहरवाका २३ वर्षीय भिखारी राय यादव रहेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीलाई आरोपितले जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको थिए ।
पीडितका उजुरीको आधारमा आरोपित यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।