झापा / शुक्रबार राति पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलाल ,उनकी श्रीमती ३८ वर्षीया गोमा मगर,  र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् । 

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।