बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका -१७ पकलि चौक स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मङ्गलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको धरान घोपामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको  र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।