काठमाडौं / काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ ।
काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिका भित्रका सडक, गल्ली पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पराअनुसार घरघरमा पुगी भिक्षा मागेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
महानगरले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।